#
अन्तराष्ट्रिय

किमलाई भौतिक कारबाहीको चेतावनी

    ८ आश्विन २०७३, शनिबार ०३:१२

एजेन्सी, ८ असोज । प्योङयाङले आणविक परीक्षण पुनः दोहो¥याएमा उत्तर कोरियाली नेता किम जोङ उनलाई भौतिक कारबाही गर्ने दक्षिण कोरियाले चेतावनी दिएको छ।

उसले उत्तर कोरियाले पुनः आणविक परिक्षण गरेमा प्योङयाङको युद्ध कमाण्ड पोस्ट र उत्तर कोरियाली नेतृत्वलाई नै सखाप परिदिने चेतावनी दिएको आजको नयाँ पत्रिकामा खबर छ ।

प्योङयाङले छैटौंपटक आणविक परीक्षणको तयारी गरेको सूचना सार्वजनिक भइरहेकै बेला दक्षिण कोरिया कठोर रुपमा प्रस्तुत भएको छ ।

उत्तर कोरियाको आणविक हतियारले असुरक्षा अनुभूति भएमा नेता किम जोङ उनको हत्या गर्न दक्षिण कोरियाको विशेष सेना तयारी अवस्थामा राखिएको दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कुले दाबी गरे ।

संसद्को विशेष बैठकमा दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कुले प्योङयाङविरुद्ध यास्तो चेतावनी दिएका हुन् । दक्षिणले म्यासिभ पनिसमेन्ट एन्ड रिटालियसन युनिटमार्फत उत्तरलाई सीधै निशाना बनाउने जनाएको छ ।

उत्तर कोरियाली नेता उनलाई सफाय गर्न विशेष फौजलाई परिचालन गरिसकिएको हो भन्ने सांसदहरुको जिज्ञासामा रक्षामन्त्री कुले भने,‘हो हामीसँग यस्तै योजना छ ।’ ‘शत्रुको मुख्य केन्द्रलाई निशाना बनाउने र शत्रुको नेतृत्वलाई सखाप पार्न महत्वपूर्ण मिसाइल प्रयोग गर्ने योजना छ,’ उनले भने । उत्तरको आक्रमणको मुकाबिला गर्न पाँच लाखभन्दा बढी सेनाको आवश्यकता परेको रक्षामन्त्रीले बताए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु