#

मर्द हौ भने सिंहदरबार पड्काउ , बिद्यालय होइन


सुदर्शन बजगाई- बालबालिका लाई शिक्षा प्रदान गरिने ठाउँ लाई सरकारले शान्ति क्षेत्र भनेतापनी विभिन्न राजनैतिक संघ संघठनको निशानामा बिद्यालय पार्ने गरेको छ जसको पछिल्लो उदाहरणको राजधानीको जोरपाटी लगाएतको विभिन्न ठाउँको बम काण्ड हो । देशमा सरकारले ठूलो रकम खर्च गरेको सरकारी स्कुलको दुरदशा र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेका कारण निजी संस्थागत बिद्यालयमा बालबालिकालाई पढाउन पठाउनु आम अभिभावकको रहर नभएर बाध्यता बन्दै गरेको छ । सुख दुस्ख गरेर आफू नखाएर वा खर्च कम गरेर निजी बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिभावक यतीखेर भयभित र त्रसित बनेका छन ।

sudarshan bhajgaiविद्यार्थीको नाममा राजनीति गर्ने भन्नेहरुले त्यही शिक्षा प्रदान गर्ने क्षेत्रमा बम पड्काएर र बिस्फोटक पदार्थ राखेर जनतालाई भयभीत बनाउने र अस्थिरत सिर्जना गर्ने तर्फ उन्मुख हुनुले माओवादी शान्ति प्रक्रियामा आउँदा खुसी भएका नेपाली जनताको त्यो त्यो खुसी आज भय र त्रासमा परिणत भएको छ । हुन त यस अघिपनी तोडफोड, हडताल र बस जलाउने जस्ता समाजलाई भयभित बनाउने कृयाकलाप नभएका भने होइनन तर यो घटनाले आफ्नो निहित राजनैतिक स्वार्थका कारण आफ्नो भविस्यलाई उज्ज्वल बनाउने अग्रिम अभिलाषा बोकेर शिक्षा लिन गएका अबोध बालबालिकालाई न्याय भने गरेको छैन । विद्यार्थीको पक्षमा आवाज उठाउनु ठिक हो तर जुन घटाना आज घट्यो त्यो घटनाले पक्कै पनि त्यो घटना घटाउनेको स्तर जनतामा गिराएको छ अझ भनैं समाजमा घृणाको पात्र बनाएको छ । नियमन गर्न नसक्ने सरकारी निकाय र राजनीति गर्न र कसैलाइ सांसद बनाउन खोलीएको हिसान ,प्याब्सन र एन प्याबसन जस्ता संस्थाको लाचारीपनले यो घटना घटेको मैले महसुस गरेको छु ।

बिहानै बम पड्किएको र राखिएको क्षेत्रमा पुग्दा मैले अभिभावक शिक्षक र विद्यार्थीमा मनोबैज्ञानिक त्रास परेको दृश्य देखेको थिए । बिहानै आफ्ना छोराछोरीलाई पढ्नलाई बिद्यालय पठाएका अभिभावक बम बिस्फोट र विभिन्न ठाउँमा फेला परेको समाचार सुनेपछी अथवा हेरेपछी अत्तालिँदै स्कुल पुगेको दृश्यले हाम्रा बालबालिका सुरक्षित छैनन र हाम्रो सरकार र सुरक्षा निकाय कत्तिको लाचार छ भन्ने प्रस्न दिमागमा घुमेको छ ।

सरकारी स्कुलले राम्रो शिक्षा दिएन र म आफ्नो बिद्यार्थीको शुल्क तिर्न सक्छु भनेर अभिभावक आफैले पढ्न पठाएको ठाउँमा यसरी घटना घटाउनु पक्कैपनी ठिक होइन । नियमन गर्ने निकायको ढोका ढक्ढकाउनु र सरकारलाई दबाब सिर्जना गर्ने अनेक तरिका हुँदाहुदै यस्तो घटना घटाउनुले पक्कैपनी राम्रो राजनैतिक संस्कार झल्काउँदैन । हुनत निरीक्षण गर्ने जिल्ला शिक्षा कार्यलयको पनि दोस छ यो घटौनुमा किन भने बिद्यालय निरीक्षक र श्रोत ब्यक्ती खाममा २(४ हजार हालेपछि नत शुल्क बिवरण हेर्छन न अन्य कुरा । यसरी सबै जिम्मेवार निकाय मौन बस्दा र आफ्नो भुमिकालाई स्पस्ट पारेर प्रभावकारी काम गर्न नसक्दाको परिणाम हो यो ।

राजनीति जनताकोलागी गरिन्छ तर जनतालाईनै भयभीत बनाउने ,कानुनी राज्यको खिलाफमा उत्रने र अमन चयन भड्काउने कामले राजनैतिक भन्दापनी जंगली,आतंककारी र गुरिल्लाशैलीलाई प्रतिबिम्बित गरेको छ । आफ्नो माग पूरा गराउन जस्तोसुकै काम गर्ने मित्रहरु मर्दको छोरा छोरी हुनुन्छ भने केही गर्न नसक्ने सिंहदरबार पड्काउनुस बिद्यालय होइन । आफ्नो प्रचार गर्न अबोध बालबालिका पढ्न जाने ठाउँ भन्दा असमानता सिर्जना गर्नेका बिरुद्द लाग्नुस,अन्न्याका बिरुद्ध लाग्नुस र सिंहदरबार बस्नेहरुलाई धावा बोल्नुस तबमात यहाँहरु आवाज बिहिन हरुको र शोषित पिडित जनताका असल नायक र नेता बन्न सक्नु हुन्छ होइन भने कायर र नामर्दा बन्नु हुनेछ होईन र ?
लेखक बजगाई युवा संघ नेपाल काठमाडौँ जिल्ला कमिटीका प्रचार बिभाग प्रमुख हुन ।

KTMKHABAR.COM बाट सभार गरिएको 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु