नेपाल हिन्दु राज्य हो र स्वयम म पनि हिन्दु हु । म हिन्दु धर्मको बिरोधी भने पकै पनि होइन तर म हिन्दु धर्मभित्र रहेका केही समाजमा नसुहाउदा केही कृयाकलापको बिरोधी हु । शिवरात्री पशुपतीनाथ मन्दिर र देश भरीका शिव मन्दिरहरुमा भक्तजनको घुइचो लागेको हुन्छ नेपालको सन्दर्भमा पशुपतिनाथ मन्दिर काठमाडौलाई विशेष शक्ति पिठका रुपमा लिने गरिन्छ । माहात्मा साधु सन्त जोगी देश बिदेशबाट भक्त जनहरु शिवरात्री पर्व मनाउन पशुपति क्षेत्र पुग्ने गर्दछ्न ।

१ म शिव रात्रीको महाबिरोधी हु
शिव रात्रीमा जो समाजलाई नपच्ने नाङगा बाबाहरुको चर्तीकला जुन भगवान शिवका रुप भन्दै नाङगै पशुपती क्षेत्रमा जहाँ तहि हेर्न सकिन्छ । जसको दोष तपाईं हामीलाई नै छ विशेष गरि महिला नाङगा बाबा को दर्शनले पुण्य अर्थात धर्म हुने निहुमा अधर्म पाप गरि रहेका छ्न जो नाङगा बाबाहरु दर्शन गरेर हैट । कस्तो घटिया समाज कस्तो घटिया धर्म हाम्रो हो तेहि धर्ममा हुर्किएका हामीले कस्तो धर्म सिक्ने नाङगिन सिक्ने कि बाङगीन सिक्ने कि यो धर्म भित्र भएका गलत सस्कारलाई बिरोध गर्दै हटाउने ।

२ चरेश, गाजा ,भाङ, धतुरो
शिव रात्रीमा शिव जि को प्रसादका रुपमा भाङ गाजा लाई मानिन्छ यो कस्तो प्रसाद धर्मका नाममा अबैध बस्तुलाई अनुमती जुन केही बर्ष पहिला देस बिदेसबाट आएका साधु जोगी हरुलाई नेपाल सरकारले नै गाजा चरेश उपलब्ध गराउदथ्यो । तर अहिले हटाएको छ यो राम्रो कुरो हो प्राय युवा युवतीहरु शिव रात्रीमा चरेस गाजा सेवन गर्ने गर्दछन यो यो पर्व को नराम्रो सन्देश हो ।

३ मेरो सुझाब

हामी २१ औ सताब्दिका युवा युवतीले अबको शिव रात्रीमा पशुपती क्षेत्रमा नाङगा बाबाहरु लाइ प्रबेश निषेध गराइ हिन्दु धर्म भित्रको यो पाप लाई हर्टा हामी पुन्य कमाउने छौ । यस बर्षबाट कार्यान्वयन गरौ सम्पुर्ण दिदी बहिनीहरुमा मेरो बिनम्र अनुरोध नाङगा बाबा को दर्शन होइन बिरोध गरौ । हाम्रो धर्म राम्रो बनाउ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय