काठमाडौं, ८ असोज ।  १० माओवादी घटकहरुबिचको एकतापश्चात बनेको माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठक आजबाट बस्न लागिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएर गएपछि एकतापश्चात संगठनात्मक संरचना आजसम्म अन्योलमै देखिन्छ । संगठनात्मक भद्रगोलताले माओवादी केन्द्रका जिल्लासम्मका कामकारवाहीहरु प्रभावित बनिरहेको बेलामा यो बैठकले संगठनात्मक निकास निकाल्ने सम्भावना रहेको माओवादी कार्यकर्ताको अपेक्षा छ ।

अचम्म र रोचक कुरा के छ भने माओवादी केन्द्रको केन्द्रिय समितिमा कोको छन् र कतिजनाको हो भन्ने कुरा अध्यक्ष प्रचण्डलाईसम्म थाहा छैन । यहि भद्रगोलता अन्त्य गर्न बैठक डाकिएको माओवादी केन्द्रकी प्रवत्ता पम्फा भूसाल बताउँछिन् ।

भुसालका अनुसार यो बैठक संगठनात्मक अन्तरविरोध हल गर्न केन्द्रित हुनेछ । ९ हजार केन्द्रिय सदस्यका लागी सिफारिश आएकोमा यसको व्यवस्थापनमा बैठक केन्द्रित हुनेछ ।

यस्ता छन् विकल्प
केन्द्रिय समितिका लागी हजारौंको संख्यामा सिफारिश हुन थालेपछि अहिले माओवादी केन्द्रका नेताहरुले केही बिकल्पमा छलफल गरिरहेका छन् । केही वर्षअघि गोरखाको पालुङटारमा सहभागी केन्द्रिय सदस्य, एकताहुनुपुर्वका पोलिटब्युरो सदस्य, हालको पोलिटब्युरो सदस्य वा सचिवालय सदस्यमात्रै राखेर केन्द्रिय समिति बनाउने भन्नेबारे बहस छ ।

तर अहिले कायम रहेका पोलिटब्युरो, सचिवालयप्रति तल्लोपक्तिं असन्तुष्ट छ । केन्द्रिय समितिको संख्या कायम नै नभएको अवस्थामा बनाइएको पोलिलब्युरो वा सचिवालयको बैधानिकतामाथि कार्यकर्ताले प्रश्न खडा गरिरहेका छन् ।
प्रवत्ता भुसाल भन्छिन्, –‘सानो बनाउनुपर्छ भन्नेमा सबै सहमत छौं । तर कसरी बनाउने भन्नेमा केही धारणाहरु फरक पनि छन् । आजको बैठकको मुख्य एजेण्डा नै यहि हो । बैठकले हल गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर