विष्णुप्रसाद पोखरेल

दमक/दमक ९ स्थित महालक्ष्मि बिद्यालयभित्र प्रवेस गर्न साथ मेरो आँखा पुग्यो त्यहाँ गेट छेउमा नै रहेको पानी तान्ने ट्युवेलमा ।

 

जहाँ सायद महिनौ देखि पानी नआएको हुनुपर्छ र चलेको छैन ।

 

बालमैत्री जस्तै देखिने होचो ट्युवेलको त्यो अवस्थाले नै मलाइ लाग्यो यहाँको अवस्था कस्तो होला ?

 

मैले अर्को ट्युवेल खोजे । रहेछ तर त्यहाँ साना बिद्यार्थीको पहुच हुने जस्तो देखिदैन । अग्लो रहेको छ ।

 

कार्यक्रम थियो बिद्यार्थीलाइ शैक्षिक सामाग्रि बितरण ।

 

मलाइ नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले एकछिन सानो कार्यक्रम नजिकै भनेर जाँउ भनेकाले म गएको थिए ।

 

सानो कार्यक्रम भनेर जाँदा सामुदायिक बिद्यालयको दुरदशा र अत्यन्त सानो कुरामा पनि कति हेल्चेक्राइ भन्ने ठूलो कुरा देखे ।

 

ट्युवेलको मात्र कुरा होइन त्यहाँ देखिएका केहि दृश्यहरु पनि साच्चै सोच्नु पर्ने खालको थियो ।

 

कक्षा ३ सम्मका बिद्यार्थीलाइ कापी र पेन्सिल बाँड्ने कार्यक्रम तर सबै बिद्यार्थीलाइ ल्याएर उभ्याइयो ।

 

त्यो भिडमा एक बालक मेरो आँखामा परे । महिलोधैलो एउटा कपडा लगाएका ।

 

कट्टु च्यातिएको थियो । मैले सोधे यि वालकको परिवारको आर्थिक अवस्था यस्तै की अरु कारण के छ ?

 

शिक्षकशिक्षिकाले एक मुखले भने, यो गरिबीका कारण नै हो र उसका बुबा जेल गएकाछन्  ।

 

वडा सरकार कार्यालयसंगै गासिएको बिद्यालय । अझ भन्नु पर्दा त्यहि बिद्यालयमा वडा सरकार बसेको छ ।

 

त्यहाँ बिद्यार्थीको यो हालत देख्दा मन कुडियो । अझ त्यहाँ प्रधानध्यापक र शिक्षकहरुले भन्दै थिए, कसैको त चप्पल पनि छैन र किनेर लगाउन सक्दैनन् ।

 

शैक्षिक सामाग्रि बितरण

 

यसैबीच झापाको दमक ९ स्थित महालक्ष्मि बिद्यालयमा दमक नगरपालिकाका स्वयंसेविकाहरुले शैक्षिक सामाग्रि बितरण गरेकाछन् ।

 

उनिहरुले आपसी रुपमा केहि रकम उठाएर र त्यसमा दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्याल सहितले गरेको बताईएको छ ।

 

१ देखि ३ कक्षाका बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

 

कार्यक्रम वडाध्यक्ष राम धिमालको प्रमुख आतिथ्यमा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय