दमकको/नमस्ते पब्लिक हस्पिटल र कामना सेवा विकास बैंकबीच छुट सम्झौतादमक/कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पब्लिक हस्पिटल प्रा.लि.दमकबीच बैकका ग्राहकहरुलाइ लक्षित गरेर उपचारमा विशेष छुट पाउने गरि सहमति भएको छ ।

 

दुइपक्षबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको पाईएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले नमस्ते पब्लिक हस्पिटलप्रा.लि.मा उपचार गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट पाउने बैकका १ नम्बर प्रदेश प्रमुख सुजन राईले बताए ।

 

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने अपेक्षा लिईएको पनि राइले जनाए । दमकमा बैकले केहि समय अघि शाखा खोलेको थियो ।

 

आज भएको सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुजन सि.राई र नमस्ते पब्लिक हस्पिटलप्रा.लि.को तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरेकाछन् ।

 

सम्झौता अनुसार बृड जार्चमा २० प्रतिशत, ल्याव तथा अनुसन्धानमा १० प्रतिशत, अप्रेसन लगायतका सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत बैकका ग्राहकहरुले छुट सुविधा पाउनेछन् ।

 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८६ वटा शाखा तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय