उनलाइ १२ बर्ष उमेरेदेखि नै राजनीतिक चेतना शुरु भयो । उनका गुरु मुक्तिनाथ बरालले रातो किताव र लाटो लान्टिन लगायतका पुस्तकहरु पढेको देख्थे । उनलाइ त्यसपछि नै राजनीतिमा चाख थियो । पहाडि जिल्ला ताप्लेजुङमा शुरु भएको राजनीतिक चेतना र त्यहिबाट शुरु भएको राजनीतिक जीबनले झापाको कोहवरा आएपछि फराकिलो बनाउदै लगे उनले ।
साबिक कोहबरा र हाल गौरादह ५ मा स्थायि बसोबास रहेका छत्रपति सुबेदी स्थानीय क्षेत्रमा नाम चलेका राजनीतिक तथा सामाजिक ब्याक्ति हुन् । उनको प्रयासले कोहवरामात्र नभएर रतुवा र मावा नदीले बर्षौबाट पीडा भोगिरहेका धेरैलाइ उठिवास हुनबाट जोगाएपछि उनको पहिचान थप फराकिलो बनेको छ । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा वकालत गरेका उनि २०३९ सालमा ताप्लेजुङमा जिल्ला पञ्चायत सदस्य पनि बने ।

उनि जब तराई र झापा झरे त्यसपछि उनको जीबनले नयाँ मोड लिन थाल्यो । २०४३ सालमा झापा झरेका उनि २०४८ सालदेखि कम्यूनिष्ट आन्दोलनमा होमिए । सक्रिय दल सदस्य हुदै २०४९ सालमा नेकपा एमालेको पार्टी सदस्य बने र अहिलेसम्म पनि पार्टीमा अनवरत रुपमा लागि रहेकाछन् । सामाजिक अभियान्ताको भूमिकासंगै सक्रिय राजनीतिक भूमिकामा लामो समयदेखि रहेकाछन् । नेकपा एमालेको कोहवरा गाँउकमिटी सचिब, अध्यक्ष, क्षेत्रिय सचिब र त्यसपछि अहिले क्षेत्रिय अध्यक्ष रहेकाछन् ।

यता सामाजिक रुपमा स्थानीय भद्रकाली उच्च माबिको बिद्यालय ब्यवस्थापन समितिका ८ बर्ष अध्यक्ष, रतुवा मावा नद्यी नियण्त्रण मूल समिति संयोजकको भूमिकामा अहिले पनि क्रियाशिल छन् । स्थानीय चक्रमारी सहकारी संसथाका अध्यक्ष हुन् । हाल उनको नाम पार्टीभित्र र बाहिरबाट समेत गौरादह नगरपालिकोको मेयरको रुपमा आउन थालेको छ ।
सुबेदी पार्टीले निर्णय गरेको अवस्था नरहेको बताउदै अहिले आफू मेयरको उम्मेदवार भन्ने अवस्थामा नरहेको बताउछन् । पार्टीले र कार्यकर्ताहरुले जिम्मेवारी दिएमा आफू आफ्नो क्षमता तथा कार्यकुशलता देखाएर अघि बढ्ने बताए । उनले अहिले पनि उम्मेदवार भइनसकेको भन्दै निर्णय आएपछि मात्र यस बिषयमा बोल्ने बताउछन् । आफूले त्यो जिम्मेवारी पाएमा अहिले ५ वटा गाबिस समायोजन गरेर बनाइएको गौरादह नगरपालिकालाइ पहिचानयुक्त नगरपालिका बनाउने योजना अघि सार्ने जनाए ।

समायोजन भएका सबै गाबिसको पहिचान र समानुपातिक बिकास नै आफ्नो सोच रहेको उनले बताए । जनअपेक्षा अनुसारको बिकास र फरक किसिमको काम गरेर देखाउने अठोट रहेको भन्दै पार्टीले मेयर बनाए तथा नबनाए पनि आफ्नो ठाँउबाट यसमा लागि पर्ने समेत उनको प्रतिबद्धता रहेको छ ।

प्रस्तुती बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय