काठमाडौं । इदको अवसर पारेर मलेसियामा कार्यक्रम गर्न पुगेका नेपाली कलाकार अझै सम्पर्कमा नआएको आफन्तले जनाएका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन पुगेका कलाकारलाई मलेसियाको अध्यागमन प्रहरीले ३ दिन अघि पक्राउ गरेको थियो । पक्राउ परेका आयोजक र कलाकार अझै पनि सम्पर्कविहीन रहेको बताइएको हो ।

 

 

 

कार्यक्रमका लागि मलेसिया पुगेका गायक राजेश पायल राईले पक्राउ परेका नेपाली अझै सम्पर्कमा नआएको बताए । उनका अनुसार कार्यक्रमको आयोजना गर्ने आयोजक पनि सम्पर्कमा छैनन् । ‘आयोजकहरू पनि गायब हुनुहुन्छ, शायद उहाँहरुलाई पनि पक्राउ गरिएको छ, सोध्ने क्रम जारी छ’, गायक राईले भने । उनले मलेसियामा रहेका नेपाली राजदूतलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताए ।

 

 

 

 

एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालबाट सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार कार्यक्रममा गर्न गएका थिए । ती कलाकारलाई प्रहरीले पक्राउ गरेको हो । मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि कलाकारले यसबारेमा जानकारी दिएका थिएनन् । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको बताइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय