चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी ।

 

 

तपाइले अहिलेसम्म कहिलै हलो जोत्नुभाको छ, कि छैन ?

 

जोत्या छैन ।

जस्तो कृषिसंग सम्बन्धीत कुराहरु केहि गर्नु भएको छ ?

 

कुटो खन्या छु कोदाली खन्या छु, गार्डेमा चाही अहिले नि म काम गछु । सानो बेलामा त कोदाली नि खन्थे, अब अहिले त जग्गा नै छैन । काठमाडाँैमा कोदाली खन्ने हैन, गाँँउघरतिर खन्ने । मेरो चै पनौति भन्दा माथि शंखू भन्ने ठाँउ हो, हैन त्याँको चै म कृषककै छोरा हु । मेरो बाउ आमा कृषकनै हुनुन्थ्यो पहिले, अनि मेरो त्या अझैपनि जग्गा जमिन छ, तर मेरो सबै काम कठमाडौँमै सेन्ट्रलाइज भएकोले आफु गएर गर्न भ्याउदिन । आफन्तहरुलाई हेरीदेउ भनेर छोडदिराछु ।

 

 

त्यहाँ के के छ ?

मेरो त्यहाँ सुन्तलाको बोट पनि छ, २०० ओटा जति वोट छ । अनि धान चामलचै मेरो गाँउ कै आउछ अहिले पनि त्यैको खाने हो ।

 

तपाईलाई सबैभन्दा मनपर्ने तरकारी के हो ?

 

मलाई साग खुव मन पर्छ ।

 

आफै सपिङ गर्न जानु भएको छ ?

 

मैले ! प्रायः सदै गरिराहुन्छु मेरो श्रीमति (श्रीमतितर्फ हेर्दै) लाई पनि साग मनपर्ने भएकोले म पनि साग खान्छु सागचै मेरो सबैभन्दाा मनपर्ने तरकारी हो ।

 

 

जस्तो अहिले नेपालमा कृषि क्षेत्रसंग काम गर्न थुुप्रै आइरहेका छन्, तर व्यवस्थितसंग संचालन गर्न सकिरहेका छैनन्, यसलाई कसरी व्यवस्थित गर्न सकिएला, केहि सुझाव ?

 

देश व्यवस्तित भाको छैन हैन, देशकोचाही पोल्टिकल सिस्टल लिगमा नआइ कुनै पनि सिस्टम ठिक हुन्न, जस्तो कृषि होस कि उद्योग र व्यापार होस कि होस कि सिनेमा । पहिला देश नै लिकमा हिड्नु पर्छ । जस्तो भनुम न नेपालमा कृषि परिवारमा पनि मानिसलाई ५०, ६० हजार कमाउन गाह्रो हुन्छ ।

 

 

विदेश जाने युवालाई के भन्न चाहानु हुन्छ, नेपालमै पनि केहि गर्न सकिन्छ नि, होइन ?

 

नेपालीको स्वभाव कस्तो हुन्छ भने आफनो देशमा खेत खन्न लाज लाग्छ, विदेशमा गएर काम गर्न लाज मान्दैन्न कया ।

 

यसको समाधान के होला ?

 

समस्या भनेकै चेतना नभाको होला । किन भने हामीले कृषिलाई सानो काम ठान्छौ । कृषि भनेको असाध्यै ठुलो काम हो, विदेशतिर किसानको कत्रो ठुलो इज्जत छ । कपाल काटने हजामको पनि ठुृलो इज्जत हुन्छ । जस्तो इन्डियामा पनि किसानलाई ठुलो इज्जत दिइन्छ तर नेपालमा चाही खै किन यस्तो भएको ।

 

 

सरकारले पव्लिसिटी गर्न नसकेको हो की ?

 

खै सरकार रु सरकार भनेको चिज त अलिकति स्थायी, लामो समयसम्म बसिरहने हुनुपर्छ । सरकार ६ महिना एक बर्षमा चेन्ज हुन्छ रु क्लाव जस्तो, क्लवले कहिले पनि देशको व्यवस्थापन गर्न सक्दैन, क्लवसंग हामीले धेरैकुराको चाहाना पनि राख्नु हुन्न ।

 

 

यदि हामी कृषिमा सक्षम हुने हो, भने देश आफै बन्छ भन्ने कुरामा कतिको बिश्वास गर्नु हुन्छ ?

 

एकदमै हाम्रो स्कोप भनेको नै कृषि हो र विडम्वना हाम्रो खेती गर्ने ठाँउमा सबै घर बनाएर सकिनलागि सक्यो, तराईमा पनि प्लटीङको लहर छ । पाहाडमा नि त्यो लहर पुग्न लागिसक्यो काठमाडौँमा त यस्तो उर्भर भुमी भएको ठाँउ सबै घर बनेर सक्किसक्यो त्यो कारणले गर्दा घर बनाउने र खेती गर्ने दुबै जमिन छुटटाउन जान्नु पथ्र्यो । देशको सबैभन्दा ठुलो असफल्ता तै हो ।

 

 

तपाई टेलीश्रृयलहरुमा वा चल्चित्रहरुमा किसान भएर कत्तिको खेल्नु भाको छ ?

 

म थोरैमा खेलेको छु, एउटा असल लोग्ने भन्नेमा अलि बढी खेलेको छु ।

 

त्यहाँ कस्तो खालको भुमिका थियो ?

असल लोग्ने बिग्रेर हिड्छ । पछि सप्रएपछि तरकारी खेति गरेको हुन्छ । जसले गर्दा आयश्रोत बड्छ ।

 

 

तपाई रियल लाइफमा मदन दाईसंग मिलेर तरकारी खेती गर्नु भएको थियो, हैन ?

यस्तो मैले नजानेको काममा भन्दा आफुले जानेको कममा समय दिनु राम्रो हुन्छ । म कुनैपनि काममा अरुसंग डिपेन्ड भएर काम गर्दिन, मैले आफैले समय दिन नसकेर छोडेको हुँ ।

 

 

 

तपाईहरुले तरकारी खेतीकोलागि विदेशी अनुदान लिनु भएको थियो रे नि ?

खै मैले छोडिसकेपछि कसैले लिएका होलान । तर, म भएसम्म कुनै अनुदान दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय