आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा विद्धानले आमाको परिभाषा गरी गरेका छन् भन्ने जानकारी गराउँछौं ।

भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंकालागि आमा बनाए । –रूडयार्ड किप्लिङ ।
म अहिले जो छु, अब जे बन्ने आशा राख्दैछु, त्यसको श्रेय आमालाई जान्छ । –अब्राहम लिंकन ।
ममतामयी आमा साथमा हुने मान्छे कहिल्यै पनि गरिब हुँदैन । –अब्राहम लिंकन ।

भगवान मलाइ असल आमा देउ म तिमीलाई असल राष्ट्र दिन्छु । –नेपोलियन बोनापार्ट ।
मैले कहिं बाट प्रेम गर्न सिकेको छु भने त्यो सबै मेरी आमाको देन हो । –अज्ञात ।
निस्वार्थ माया खोज्न अन्यत्र जानु पर्दैन आमाको काखमा गए पुग्छ । – यात्री केशर ।
निर्धक्क रुनका लागि उत्तम स्थान आमाको काख हो । –जोडी पिकोल्ट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय