दमक/रोटरी क्लव अफ दमकले झापाको दमक पब्लिक लाइब्रेरीमा वालबालिकाहरुका लागि आवश्यक बिभिन्न सामाग्रिहरु प्रदान गरेको छ । शैक्षिक तथा नलेज बढाउन खेल्न सकिने खेल सामाग्रिहरु उपलब्ध गराईएको बताईएको छ ।

 

नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीको उपस्थितिमा सामाग्रिहरु शुक्रबार विहान प्रदान गरिएको थियो । क्लवका अध्यक्ष सन्दिप चापागाइका अनुसार शिक्षामा सुधार तथा वालबालिकाको पठनपाठनमा सहयोग पुर्याउन आफुहरुले आगामि दिनमा पनि सहयोग गर्ने बताए ।

 

पब्लिक लाइबेरीका संस्थापक भेषराज न्यौपानेले धन्वाद दिएको कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, पुर्व अध्यक्षहरु गंगा ढकाल, नविन श्रेष्ठ, डा. लेखनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिब राजु गौतम (झलराज) ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय