दमक/लायन्स क्लव अफ लखनपुर र लायन्स क्लव अफ दमक ग्रिन सिटीले संयुक्त रुपमा कमल गाँउपालिकाको वडा नं. ५ मा जेष्ठ नागरिक लक्षित निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

गाँउपालिकाको समेत सहयोग रहेको स्वास्थ्य शिबिरबाट करिब ५ सयले स्वास्थ्य सेवा तथा परामर्श लिएको लायन्स क्लव अफ लनखपुरका अध्यक्ष ज्ञान् पौड्यालले बताएकाछन् ।

ग्रिन सिटीकी अध्यक्ष बीना सुब्बाका अनुसार रक्त परीक्षण तथा निशुल्क औषधि समेत उपलब्ध गराईएको थियो । ७० बर्ष माथि १ सय बर्षसम्मका लागि सेवा लिएको पनि बताईएको छ ।

स्वास्थ्य शिविरमा वडाध्यक्ष डम्बर निरौला, लायन्स लिडर अजय अग्रवाल, धर्मानन्द भट्टराइ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर