झापाको दमकलाई आफनो कर्मथलो बनाएर विगत लामो समयदेखि विभिन्न संघसंस्थामा समेत आवद्ध रहेर निर्माण व्यवसायको क्षेत्रमा काम गर्दैआएका चन्द्र खत्री (दाहाल) दमकका व्यावसायीहरुका लागि खासै नयाँ नाम होईन । दमक ८ मा स्थायी बसोवास रहेका खत्री निर्माण व्यवसाय अगाल्दै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आईरहेका छन् ।

आफनो व्यवसायबाट प्राप्त मुनाफाको केहि अंश सामाजिक क्षेत्रमा खर्च गदै आईरहेका खत्रीसंग विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरेका राम्रो अनुभब समेत रहेको छ । मिजासिलो र नरम स्वभावका खत्री समाजका सवैसंग राम्रो सम्बन्ध विस्तार गर्दै एक सामाजिक अभियानकर्मी युवाका रुपमा चिनिन्दै आएका छन् ।

मित्र निर्माण सेवाका प्रोपाईटर रहेका खत्री आफनो व्यवसाय संगै दमक जेसीज वर्ष २०१८ का अध्यक्ष, ध्रुबतारा स्र्पोटिङ क्लबको सचिव, निर्माण व्यवसायी संघ झापाको सह कोषाध्यक्ष, नेपाल भारत मैत्री संघको सदस्य तथा रेडक्रसकर्मी समेत बनेर समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् । उनै युवा व्यक्तित्व खत्री यतिखेर यहि भदौ २० गते शुक्रबार हुने दमक उद्योग बाणिज्य संघको निर्वाचनमा खुल्ला सदस्य तर्फ उम्मेदवार वनेका छन् ।

व्यवसायिक सम्मानका लागि आर्थिक सम्मृद्धि, व्यवसायको सुरक्षा र मर्यादाका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी भन्ने नाराकासाथ संयुक्त लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठको नेतृत्वमा खुल्ला तर्फको कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपत्रमा उनको उम्मेदवार क्रम संख्या २ रहेको छ । सामाजिक कार्यसंगै दमक नगरीको व्यवसायिक अभिबृद्धि गर्न आफूले सदस्यमा उम्मेदवार दिएको खत्रीले वताएका छन् । आम व्यवसायीहरुसम्म चुनावी अभियानका क्रममा पुग्दा अत्यन्त सम्मान र जिताएर पठाउने आश्वासन प्राप्त गरेको उम्मेदवार खत्रीले सुनाए । ‘तपाईहरुको आर्शिवाद र माया चाहिएको छ’ उम्मेदवार खत्रीले व्यवसायीहरुको हितमा सधै लाग्न तथा जिम्मेवारी लिनका लागि पनि मेरो उम्मेदवारी भएको स्पष्ट पारे । उनले आफूसहित प्यानललाई अमूल्य मत दिएर विजयी गराईदिन आग्रह समेत गरिआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय