सधैँझैँ बिहान ५ः३० मा उठेँ । पानी खाएर फ्रेस भएँ । कोठा नजिकै मालिकाजुर्न मन्दिर छ । त्यहाँ गएर पूजा पाठ गरेँ ।

ldoबिहान जिल्ला शिक्षा कार्यलयमा शिक्षा दिवस कार्यक्रम थियो । अर्को साक्षरता दिवस पनि थियो । यी दुवै कार्यक्रम एउटै ठाउँमा थिए । म यी दुवै कार्यक्रममा सहभागी भएँ । यसको आयोजना जिल्ला शिक्षा कार्यालय दार्चुलाले गरेको थियो । त्यो कार्यक्रममा आफ्नो मन्तव्य दिएँ । शिक्षाले नै समाज परिवर्तन हुन्छ । शिक्षाविना दुनियाँ अँध्यारो हुन्छ । शिक्षालाई अझै बढी प्रभावकारी बनाउनुपर्ने छ । त्यो कार्यक्रम करिब करिब १० बजे सकियो । कोठामा आएर खाना खाएँ । खाना खाएर अफिस गएँ ।

आज कार्यालयमा वार्षिक समीक्षा थियो । आर्थिक वर्ष ०७२÷७३ मा भएगरेका कामको समीक्षा थियो । एक वर्षमा जिल्ला विकासले के कति काम गर्न सक्यो, कति बाँकी रहे । यसमा कार्यलयका सहित अन्य सङ्घसंस्थाका र राजनीतिक दलहरुका प्रतिनिधिको सहभागिता थियो ।

यस बैठकमा सबै कार्यलयका प्रमुखहरु आउनुभएको थियो । जिल्लामा भएका गैरसरकारी संस्थाका सदस्यहरु पनि आउनुभएको थियो । उहाँहरुले पनि आफूले गरेका कामको समीक्षा गर्नुभयो । जिल्लामा भएका सम्मपूर्ण राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुसहितको समीक्षा भयो । स्थानीय बासिन्दाका पनि सहभागिता थियो ।

यहाँको समीक्षा गर्दा नाकाबन्दीका बाबजुद पनि हामीले विकास योजनाहरु ८५ प्रतिशत पूरा गर्न सफल भएका छौँ । केही विकास योजनाहरु पूरा गर्न सकिएन । केही विलम्ब हुँदा पनि धेरै काम गर्न सफल भएका छौँ । केही असर भूकम्पको पनि परेको छ । प्रत्यक्ष प्रभावित नभए पनि यसको केही असर देशभरी पर्दोरहेछ । हाम्रो जिल्लामा पनि परेको छ ।

यहाँ हामीले गरेका विकास योजनामा कृषि, पशुपालन, बाटोघाटो, शिक्षा, स्वास्थ्य, महिला विकासलगायतका कामहरु हुन् । अन्य कार्यालयका पनि आआफ्ना योजना हुन्छन् । त्यसमा हामीले पुल, झुलङ्गेपुल आदिमा हामी प्रगतिमा नै रह्यौँ ।

जिल्ला विकास समितिले गरेका कामहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । नाकाबन्दी नभएको भए विकास योजनाका कामहरु धेरै हुन्थे । नाकाबन्दीले धेरै असर यहाँ पनि गर्यो । यो जिल्ला पनि भारतसँग जोडिएको जिल्ला हो । यो जिल्लाको सदरमुकाम त झन् पुनः निमार्णमा नै छ । बाढीले बगाएपछि सदरमुकाम पनि पुनः निमार्ण गर्नुपर्ने छ । केही बनिरहेको छ । केही बन्दै छ ।

स्थानीय तह पुनः संरचनाको काम भइरहेको छ । यहाँ पनि अलिअलि विवाद छ । तर यहाँ राजनीतिक रुपमा केही सहमति भएको छ । यो जटिल विषय पनि हो । तर राजनीतिक दलहरु र स्थानीयहरु, बुद्धिजीवीहरुले सहयोग गर्नुभएको छ । जस्तो कि आयोगले यो जिल्लालाई ७ वटा स्थानीय तह तोकेर पठाउनुभएको छ । यहाँका राजनीतिक दल, बुद्धिजीवी र स्थानीयहरुले कम्तीमा पनि १० वटा हुनुपर्छ भनेका छन् । तर पनि यहाँ छलफल गर्दा दुईटा विकल्प उहाँहरुले नै ल्याउनुभएको छ । ७ वटा स्थानीय तह यो तरिकाले यसरी यी यी गाविस मिलाएर बाउने भन्ने खाका पनि पठाएका छौँ ।

अर्को हामीले भनेको १० वटा भयो भने यो तरिकाले यीयी गाविस मिलाएर जाने भन्ने प्रस्ताव केन्द्रमा पठाएका छौँ । यसमा कसैको विमति छैन । किनभने यी दुई विकल्पमा जुन माथिबाट पठाए पनि सहमति गर्नुभएको छ । यहाँ नै सबै कुरा मिलाउनुपर्छ । विवाद गरेरभन्दा पनि मिलेर गए जिल्लाको विकास र स्थानीय तहको विकास गर्न सकिन्छ भन्नेमा यहाँ राजनीतिक दलहरुले बुझेका छन् ।

बेलुका जिल्लामा सामुदायिक प्रहरी कार्यालय राख्ने विषयमा छलफल थियो त्यो छलफलमा सहभागी भएँ । त्यसपछि राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल भयो । उहाँहरुसँग जिल्लाको समग्र विकासका कार्यक्रम अब कसरी लैजाने । जिल्लाको विकासका लागि कसरी सबैलाई समेटेर अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
(कृष्ण गिरीसँग टेलिफोनमा भएको कुराकानीमा आधारित)

रातो पाटि बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय