स्वास्थ्य

जवान देखिराख्न लागि यी खानेकुरा खानुस्


      २०७६ आश्विन २२, १५:५९

उमेर बढ्दै गएपछि छाला र स्वास्थ्यसम्बन्धी अनेकौं समस्या भोग्नुपर्ने हुन्छ । तर उमेर बढ्दाखेरी पनि जवान देखिन चाहनुहुन्छ भने सलाद खाने गर्नुस् । सलादमा फलफूल र सागपात पर्छन् । तर अन्य किसिमका सलाद पनि हुन्छन् । सलाद खानुका फाइदा यस्ता छन् :

तौल नियन्त्रण
केही मानिसलाई बारम्बार खाने बानी लागेको हुन्छ । यसले गर्दा उनीहरूको तौल बढ्दै जान्छ । तपाईंलाई यस्तो बानी लागेको छ भने खानामा सलाद लिने गर्नुस् । यसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि बढ्दैन ।

अनिद्रा
सलादले अनिद्राको समस्या हटाइदिन्छ । तपाईंलाई राम्रो निद्रा लाग्ने गरेको छैन भने दिनदिनै सलाद खानुस् ।

निरोग
सलादमा भएको एन्टीअक्सिडेन्ट र फाइबरले शरीरलाई रोग लाग्न दिँदैन । यो खाँदा पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन ।

चम्किलो अनुहार
सलादको सेवनले छाला प्राकृतिक रूपमा चमकदार हुन्छ ।

मांसपेशी
हरियो सलादमा नाइट्रेट प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशीमा अधिक प्रोटीन बनाउँछ । प्रोटीनले मांसपेशी बलियो हुन्छ ।

एजेन्सी

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु