दमक/झापाको दमक ५ स्थित कर कार्यालय मार्गमा एउटा नयाँ होटल थपिएको छ । पर्यटन बर्ष सन् २०२० मा पर्यटकहरुलाइ स्वागत गर्न सुविधासम्पन्न कलपा होटल एण्ड लज सञ्चालनमा आएको बताईएको छ । युवा व्यवसायी कैलाश लिम्बुले कलपा होटल एण्ड लज सञ्चालनमा ल्याउदै यहाँ आएर सेवा लिन आग्रह गरेकाछन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले होटल एण्ड लजको उद्घाटन गरेकाछन् । उनले दमकमा पर्यटकलाइ स्वागत तथा आतिथ्य प्रदान गर्न होटलहरु खुल्नेक्रम बढेको जनाउदै सेवा राम्रो दिन प्रतिस्पर्धा गर्न आग्रह गरे ।

गौरादह उद्योग वाणिजय संघका अध्यक्ष जीवन राई, दमकका सामाजिक युवा व्यक्तित्व नम चेम्जोङ्ग लगायतका ब्याक्तित्वहरुको उद्घाटनमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय