दमक/ झापामा एउटा नयाँ इटा उद्योग थप भएको छ । दमकका उर्जाशिल युवा ब्यवसायी रबि न्यौपाने केसि र गुणराज थापाको लगानीमा टिमटि (TMT) ब्राण्डको नयाँ इटा उद्योग सञ्चालनमा आएको हो । गौरादह नगरपालिकाको वडा नं. ८ भुडे सिमलमा यसको भट्टा रहेको छ ।

यसबाट दैनिक ८० हजार इटा उत्पादन हुने केसिले बताउनु भयो । अत्याधुनिक मेसिन प्रयोग गरेर पहिलो पटक यो इटा उत्पादन हुने पनि जनाईएको छ । बिशेष गरेर झापा र मोरंगलाइ लक्षित गरिएको छ ।

गुणस्तरिय इटा उत्पादन गरेर उपभोक्ता तथा ग्राहकलाइ उपलब्ध गराइने आफ्रूहरुको प्रतिबद्धता रहेको पनि केसिले बताउनु भयो । थापा र केसि दुबै दमकका प्रतिष्ठित ब्यवसायिक तथा सामाजिक युवा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर