काठमाडौं। व्यापारमा फाइदा हुने लोभमा आफ्ना साथीसँग मिलेर श्रीमती साटासाट गर्ने व्यापारी श्रमिानविरुद्ध उजुरी परेको छ । व्यापारीकी श्रीमतीले आफूलाई आफ्ना श्रीमानले लगातार आफ्ना साथीसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको भन्दै उजुरी दिएकी हुन् । अमर उजालाको समाचार अनुसार घटना भारतको कानपुरको हो ।

यहाँको नजीराबाद थाना क्षेत्रमा भएको घटनामा पीडित श्रीमतीको उजुरीपछि पुलिसलाई जाँचको आदेश दिइएको छ । अशोकनगर निवासी पीडित श्रीमतीका अनुसार १५ अगष्टका दिन उनका श्रीमानका साथी श्रीमतीसहित उनको घरमा आएका थिए । तीनैजनाले पहिले मदिरा पिए त्यसपछि श्रीमानका साथी आफ्नी श्रमितीलाई त्यहीँ छाडेर गए । श्रीमानले साथीकी श्रीमतीसँग शारीरिक सम्बन्ध राखे ।

त्यसपछि उनका श्रीमानले उनलाई आफ्ना साथीसँग शारीरिक सम्बन्ध बनाउन दबाब दिए । अस्वीकार गरेपछि कोठामा थुनिदिए । १६ अगष्टका दिन बेलुका उनका श्रीमान फेरि त्यही साथीलाई लिएर घरमा आए । त्यो दिन पनि उनले श्रीमतीलाई साथीसँग शारीरिक सम्बन्ध राख्न दबाब दिए । महिलाका अनुसार उनका श्रीमानले उनलाई साथीसँग शारीरिक सम्बन्ध राखेमा व्यापारमा फाइदा हुने बताएका थिए ।

यतिमात्र होइन उनले साथीसँग बसेर श्रीमतीलाई अश्लील फिल्म पनि देखाए । श्रीमतीका अनुसार शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि श्रीमानले लगातार उत्पीडन गरिरहेका छन् । गुनासो गर्दा उनका श्रीमान उनलाई मारिदिने धम्की दिन्छन् । शनिबार पीडित महिलाले एडिसनल डेपुटी जनरलको कार्यालय पुगेर उजुरी गरेकी हुन् । एडिजीले सम्बन्धित थानामा जाँचपछि कारवाही गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर