#
धर्म सस्कृति

प्रदेश नं १ का सामाजिक बिकाश मन्त्री माननीय श्री जीवन घिमिरे ज्यु बाट श्रीमद भागवत् सप्ताह धनधान्याचल महायज्ञको उद्घाटन

    १० मंसिर २०७६, मंगलवार १७:०४

मोरङ / श्री सार्वजनिक माध्यमिक विद्यालय उर्लाबारी(आम्बारी) द्वरा  कक्षा ११ र १२ संचालन गर्ने उदेश्यको साथ श्रीमद भागवत् सप्ताह धनधान्याचल महायज्ञको  आज मंसिर १० गते उद्घाटन गरिएको छ ।

उक्त पुराणको समूद्घाटन प्रदेश नं १ का सामाजिक बिकाश मन्त्री माननीय श्री जीवन घिमिरे ज्यु बाट गरिएको थियो ।त्यसै गरी विशिष्ट अतिथिको रुपमा मोरङ क्षेत्र नं १ ‘क ‘का सांसद श्री कुल प्रसाद सावा साथै उर्लाबारी न.पा.का मेयर श्री  खड्ग फागोको समेत उपस्थिति रहेको थियो ।  झाकी सहितको  कलश यात्रा  सार्वजनिक मा. वि. बाट सुरु भइ बैसाबारी मन्दिर, पाथिभरा मन्दिर हुदै पुराण स्थल  सार्वजनिक मा. वि. मा समापन गरिएको थियो ।

पुराणमा प्रमुख वाचन वरिष्ठ पण्डित श्री जयराम भट्टराई ज्यु को मुखारवृन्दबाट र श्री प्रविण पोख्रेल ज्यु को सहवाचनमा हुने छ ।

२०२२ सालमा स्थापित उक्त विद्यालयले धेरै उत्कृस्ट व्यक्तित्वहरु जन्माई सकेको छ । सम्पूर्ण समाजसेवी , शिक्षाप्रेमी लगाएत सम्पूर्णमा यस पुण्य महायज्ञमा सहभागी भइ पुण्य लाभ गर्नुहुन श्री सार्वजनिक मा. वि. हार्दिक  अपिल गर्दछ । 

यस महायज्ञको समापन कार्यक्रम मंसिर १७ गते हुनेछ  ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु