काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सकिँदा काँग्रेसका तिलक राईले ७ सय ७ मतले अग्रता लिएका छन् ।

तिलक राईले ११ हजार ८ सय २७ म प्राप्त गरेका छन् भने नेकपा प्रकाश राईले ११ हजार १ सय २० मत ल्याएर पछ्याइरहेका छन् । यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत प्राप्त गरेका छन् । रातो पाटि बाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय