#
स्थानिय

दमक ९ नम्बर वडाले जेष्ठ नागरिकलाइ निशुल्क भ्रमण !

  सवाल नेपाल   २३ मंसिर २०७६, सोमबार २१:२७

जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक ९ नम्बर वडा समितिले जेष्ठ नागरिक हरुलाइ दुइ दिने धार्मिक भ्रमण लाने भएको छ ।

जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक ९ नम्बर वडा समितिले अाफ्नाे वडामा रहेर प्रतिष्ठानमा आबद्ध रहेका ९० जना बृद्ध बृद्धा लाइ निशुल्क दुइ दिनको धार्मिक भ्रमण लैजाने भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिष्ठान वडा समिति र दमक ९ वडा कार्यलयको सहयोगमा यही मंसिर २७ र २८ गते प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित विश्वभरका हिन्दुको आस्थाको केन्द्र जानकी मन्दिर, जलेश्वर मन्दिर, राजविराज को छिनामस्ता लगायतका स्थानहरूकाे भ्रमण गराइने भएकाे हाे ।

नागरिक समाजका गहना हुन् । बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणमा लान लागिएको जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक नगर अध्यक्ष अमृत बिष्टले जानकारी दिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु