नेपालका प्राय शहर हरुमा फोहोरको समस्या अत्यधिक छ ।  प्रत्येक शहरमा चुनावको बेला स्मार्ट सिटि भनेर साझा नारा नाइँ लागेको थियो तर ३ बर्ष बितिसक्दा पनि स्मार्ट सिटीको झलक जनताले देख्न पाएका छैनन।

केहि शहरहरुले सरसफाई गर्दै आए पनि फोहोर व्यबस्थापनको निम्दी उचित कदम चाल्न नसक्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नागरिक हरुको जनजीवन मा असर परिरहेको छ । कतिपय शहरको फोहोर बस्ति छेउमै थुपारेको पाइन्छ त कति शहरमा खोला किनार र जंगल अनि खुला ठाउँमा अव्यवस्थित रुपले थुपार्ने गरिएको छ ।

पूर्वको दमक इटहरी धरान जस्ता केहि शहरमा नियमित फोहोर उठाउने गरिएको भएपनि त्यसको सही व्यबस्थापन हुन् सकेको छैन । झापाको बिर्तामोड शहरको अवस्था काठमाडौं को भन्दा कम छैन । केहि समय अघिसम्म सहरका चोक चोकमा जताततै कुहिएको फोहोरको गन्हाउने फोहोरको डङ्गुर देखिन्थ्यो तर बिगत केहि बर्षदेखी चलिरहेको बिर्तामोड सरसफाई अभियान साथै स्थानीय सरोकारवालाको विरोधका कारण शहरका मुख्य स्थानको फोहोर व्यबस्थापन गर्न शुरु भएतापनि नगर जग्गा अभाव देखाएर पन्छिदै आएको थियो । अब भने यस बिषयमा स्थानीय जनप्रतिनिधि र स्थानीयबासी अलि चासो दिएर लाग्न थालेका छन। अन्य शहरको अवस्था पनि उही छ ।

करोडौं खर्च गरेर फोहोरबाट बिजुली निकाल्ने भन्दैव काठमाडौं महानगरपालिकाले खरिद गरेका मेसिनहरु अलपत्र परेका छन् । मेसिन किनेर ल्याएको ३ वर्ष वितिसक्दा पनि बिजुली भने उत्पादन भएको छैन ।

महानगर वातावरण विभाग अनुसार मेसिन किन्न मात्रै दातृ निकायको सहयोगमा १ करोड ८६ लाख रुपैयाँ खर्च गरिएको थियो । यसबाहेक पनि मेसिन ढुवानी, व्यवस्थापन लगायत गरी ३ करोड रुपैयाँ हाराहारीमा महानगरले खर्च गरिसकेको छ ।

कतिपयले यो योजना आसावादी रुपमा हेरेका थिए भने कतिले  ‘हावादारी योजना’ भनेर नउडाएका पनि होइनन् । सो फोहोरबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।

मुलुकले लोडसेडिङको चर्को सामना गरिरहँदा महानगरले फोहोरबाट बिजुली निकाल्ने योजना बनाएको थियो । तर, अहिले देश लोडसेटिङमुक्त भइसकेकाले महानगरको उक्त योजनाको सान्दर्भिकता नै रहेन । महानगरले यो विषयलाई प्राथमिकतामा नराखेपछि मेसिनहरुमा खिया लाग्न थालेको छ ।

फोहोरबाट बिजुली निकाल्न काठमाडौं महानगरलाई युरोपेली युनियनले आर्थिक सहयोग गरेको थियो । महानगरले मेसिन खरिद गरेर सफल परीक्षण समेत गरेको थियो । तर, त्यसलाई प्रयोगमा ल्याउन सकेको थिएन ।

टेकुमा रहेको प्लान्ट अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । फोहोरबाट ग्यास उत्पादन गर्ने र त्यस ग्यासबाट बिजुली उत्पादन गर्ने महानगरको योजना थियो । ग्यास भण्डारणका लागि ल्याइएको रबर बेलुन अहिले कुहिएर आफैं फोहोरमा परिणत भएको छ भन्ने खबर अनलाइन खबरमा छापिएको छ ।

प्रदेश १ मा पनि फोहोर बाट बिजुली निकाल्ने भनेर गाइगुइ सुनिदैछ । यदि काठमाडौं मा आएको मेसिन त यसरि अलपत्र परिरहेको छ भने प्रदेश १ मा त्यहि योजना सफल हुन्छ भन्ने आधार स्पष्ट छैनन् यद्यपि यस्ता राम्रा योजनाले सफलता प्राप्त गरेभने फोहोरको समस्या बाट देश मुक्त हुनेथियो ।

यस्ता योजनाहरु सपनामै सिमित नहुन, कसैको व्यक्तिगत कमाइ खाने भाडो नबनोस । स्मार्ट सिटीको पहिलो खुड्किलोको रुपमा  हरेक नगरले फोहोर व्यवस्थापन बाटै शुरु गरुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय