दमक/ झापाको दमकमा पहिलो पटक कन्काइ पाटी प्यालेसले स्टिम बाथको सुविधा ल्याएको छ । यो सुविधा दमकमा पाटी प्यालेस तथा होटलहरुमा रहेको थिएन । दमकबाट बाहिर जानु पर्ने बाध्यता रहेको थियो । एक महिनायता यो सुविधा शुरु गरिएको पार्टी प्यालेसका सञ्चालक मध्येका एक निर्मल खतिवडाले बताए । एक पटकमा १० जनासम्मले सुविधा लिन सक्ने उनले जनाए ।

 

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो । यहि बाफले शरिरलाइ फिजाउछ । विरामी तथा अन्यले दमक बाहिर गएर स्टिम बाथ लिएको भनेर धेरैले भनेको सुनेपछि यो सुविधा यहि दिएका हौ, खतिवडाले भने ।

 

विधि अन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ।
लामो समय तातोमा बस्न त्यति फाइदाजनक मानिदैन । त्यसैले ३० मिनेटदेखि १ घन्टासम्म बस्नु उपयुक्त मानिन्छ ।

यसका फाईदा-

स्टिम बाथले छालालाई निकै फाइदा पुर्‍याउँछ । तर, यसले छालामा मात्र नभइ मुटुलाई स्वस्थ बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, स्टिम बाथ मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ ।

एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा कम हुन्छ ।

– हप्तामा एक दिन मात्र स्टिम बाथ लिनेको तुलनामा दैनिक स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको सम्भावना ६१ प्रतिशत कम हुन्छ ।

– अनुसन्धानकर्ताहरूका अनुसार जति छोटो समयको अन्तरालमा बाफले स्नान गरिन्छ, त्यति नै स्ट्रोक हुने खतरा कम भएर जान्छ । यसको प्रभाव पुरुष–महिला दुवैमा समान हुन्छ ।

– स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ कम गर्छ ।

– ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ ।

– हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पुर्‍याउँछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर