पाैष १८ / लायन्स क्लब अफ दमक युनाइटेडले दोस्रो संस्करणको दमक लायन्स फुटसलको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा आयोजक लायन्स क्लब अफ दमक इस्र्टन लाइन लाई ५ का बिरुद्ध ७ गोल गर्दै लायन्स क्लब अफ दमक युनाइटेड च्याम्पियन बनेको हो ।

दमक ९ स्थीत रणभुमी फुटसल खेलमैदानमा भएको खेलमा युनाइटेडले जित हसिल गरेको हो । युनाइटेड अघिल्लो संस्करणमा उपबिजेतामा सिमित रहेको थियो । बिजेता युनाइटेडले नगद ५१ हजार मेडल ,ट्रफी र प्रमाण पत्र हात पा¥यो भने उपबिजेता आयोजक समेत रहेको लायन्स क्लब अफ दमक इस्र्टन लाइन्सले २५ हजार ,मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्यान अफ दी म्याच पराजित टिमका उत्सब प्रसाई घोषित भए ।

त्यसै गरि बिधा गत तर्फ उत्कृष्ट गोलकिपरमा पराजित टिमका बिनोद ढकाल घोषित हुदा हाइ स्कोरर बिजेता टिमका रोजन बस्नेत घोषित भए भने उत्कृष्ट कोचमा बिजेता टिमका जिवन चुडाल घोसित भए । प्रतियोगितामा लायन्स क्लब अफ दमक बिग बुद्ध ,लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट , लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक इस्र्टन लाइन्स र मोरङ पथरीको लायन्स क्लब अफ योङ हार्टको सहभागिता रहेको आयोजक लायन्स क्लब अफ दमक इस्र्टन लाइन्स अध्यक्ष तुलसीराम तिम्सिनाले जानकारी दिए । एरिया चिफ बबरजंग थापाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा एरिया कोडिनेटर अजय अग्रवालले पुरस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय