भारतको गुजरातमा रहेको अहमदाबादमा एक पतिले आफ्नी पत्नीबाट रतिसुखको माग आएपछि कुटपिट गरेका छन् । आफूले संन्यास लिइसकेको भनी पतिले दाबी गरेका छन् ।

पतिका आमाबुवाले यो कुरा थाहा पाएपछि बुहारीलाई कुटपिट गरेको बताइएको छ । पीडित पत्नीले महिला प्रहरी थानामा आफ्ना पति र सासूससुराविरुद्ध घरेलु हिंसा कानून अन्तर्गत उजुरी दिएकी छन् ।

ती महिलाले बताएअनुसार, सन् २०१६ मा उनको विवाह भएको थियो । शुरूशुरूमा पतिले राम्रो व्यवहार देखाएको तर सन् २०१८ मा बच्चा जपन्मएपछि व्यवहारमा परिवर्तन आएको उनले बताइन् ।उनले उजुरीमा लेखिन्, ‘विगत केही महिनायता पतिले मसँग यौन गर्न छोडे । मैले यसको कुरा झिक्दा उनी रिसाउँथे र मलाई पिट्ने गर्थे ।’

पतिले संन्यास लिएसकेको दाबी गर्दै कुटपिट गरेको पत्नीको भनाइ छ । आफूले सेक्सका लागि दबाब दिँदा पति घर छोडेर गएको र त्यो थाहा पाएपछि सासूससुराले पिट्न थालेको उनले बताइन् । पतिले निकै धेरै पैसा उधारो लिएको र त्यसले गर्दा दबाबमा रहेको पत्नीको भनाइ छ । त्यसैले गर्दा उनले पत्नी र बालबालिकालाई हेर्न छोडेका थिए ।

उनले भनिन्, ‘केही महिनाअघि मेरो छोरोको आन्द्रामा संक्रमण हुँदा पतिले औषधिका लागि पैसा समेत दिएनन् ।’ प्रहरीले उजुरी त लिएको छ तर पतिलाई पक्राउ गरेको छैन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय