साउदी अरबको राजधानी रियादमा गत बिहीवारबाट भारी वर्षा भइरहेको छ । वर्षासँगै राजधानी र अन्य ठाउँमा तापक्रम तल झरेको छ । वर्षापछि शुक्रवारबाट कतिपय ठाउँमा हिउँसमेत परेको छ ।

अरब न्युज र गल्फ न्युजका अनुसार जबल अल लावज, अल दाहर र अलकान पर्वत हिउँले ढाकिएको छ । हिउँले ढाकिएका कतिपय उत्तरी भू-भागमा पर्यटकहरू रमाइरहेका छन् ।

खाडी मुलुकका कतिपय ठाउँहरूमा गर्मी हुने भनिएपनि साउदीका उत्तरी भूभागहरूमा डिसेम्बर जनवरीमा हिउँ पर्ने गर्छ ।

गल्फ न्यूजको रिपोर्ट अनुसार साउदी अरबको उत्तरी हिस्साको कतिपय ठाउँमा तापक्रम शून्यबाट अझ तल झरेको छ । स्थानीय मौसम विभागले ताबुक, मदीना र उत्तरी सीमावर्ती इलाकामा अझै बढी भारी हिमपात हुनसक्ने अनुमान गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर