#
अर्थ/बजार

आज सुन–चाँदीको भाउ घटयो,कति छ तोलाको ?

  सवाल नेपाल   २९ पुष २०७६, मंगलवार ११:३२

 

काठमाडौं / सुन–चाँदीको भाउ मंगलबार पनि घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर ७४ हजार रुपैयाँ आएको छ । सोमबार छापावाला सुनको भाउ ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । छोटो समयमा अत्याधिक बढेको सुुनको भाउ केही तल झर्नेक्रममा रहेको हो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु