#
प्रवास

मलेसियामा गुम्यो ६ सय नेपालीको रोजगार

  पत्रपत्रिका   ३ माघ २०७६, शुक्रबार ११:४०

काठमाडौं/ मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झण्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ ।

अमेरिका भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले सेप्टेम्बर ३० मा डब्लूआरपी कम्पनीले कामदारलाई जबरजस्ती काममा लगाएको तथा श्रमशोषण गरेको दाबी गर्दै उसको उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी निर्णयपछि आर्थिक संकट उत्पन्न भएसँगैं जनवरी १ देखि कम्पनीले पन्जा उत्पादन गर्न बन्द गरिसकेको छ ।

कम्पनीले गत वर्ष ७९.५ मिलियन डलर बराबरको ग्लोब निर्यात गरेको थियो । मलेरियन रबर ग्लोब उल्पादन संघका अनुसार मलेसियाबाट मात्रै ६५ प्रतिशत ग्लोब अमेरिकामा निर्यात हुने गर्दछ । कान्तिपुर दैनिकबाट

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु