मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुने एवं सन्तानबाट खुशीको खबर मिल्नेछ । व्यवसायमा लाभ एवं धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवं पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । धार्मिक रुचि बढ्ने एवं साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार तथा खेलकुदमा प्रगति मिल्नेछ ।

वृष– छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवं नयाँ कामको सुरुवात हुनेछ । साताको मध्यमा भने मानसिक अशान्ति बढ्ने एवं मित्रजनबाट सामान्य असहयोग हुनेछ । स्वास्थ्यमा बाधा एवं पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवं वैदेशिक कामबाट भने फाइदा मिल्नेछ । बोलीबचनको कारणले मित्रता टुट्न सक्ने एवं आर्थिक हिसाबकिताबमा सामान्य विवाद रहनेछ ।

मिथुन– मिठो भोजन एवं पार्टी, गोष्ठीमा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठुलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । व्यापार व्यवसाय फस्टाउने एवं धनको प्राप्ती हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तन हुने एवं कामको बोझ थपिनेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवं यात्रामा कठिनाइ हुनेछ । साताको अन्त्यमा, घरायसी समस्या बल्झिने एवं शंकाले बाधा गर्नेछ ।

कर्कट– हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ मित्रसँग भेटघाट हुने, यात्राको रमाइलो मिल्ने एवं धनको कारोबारमा वृद्धि हुनेछ । प्रेममा प्रगति मिल्ने एवं जीवनसाथीको सहयोगले अधुरा काम पुरा हुनेछन् । सामान्य चोटपटकको भय एवं सन्तानको स्वास्थ्यमा कमजोरी रहनेछ ।

सिंह– यात्रामा खर्च बढी हुनेछ । चिसोले स्वास्थ्यबाधा गर्ने एवं सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा प्रगति एवं कला क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । कृषि, पशु, चौपायाबाट आम्दानी राम्रो हुनेछ । दाजुभाइको सहयोग मिल्ने तथा घरायसी काममा प्रगति हुनेछ । भोजनको गडबडले पाचन शक्तिमा समस्या आउनेछ । साताको अन्त्यमा भने यात्राको योग रहेको छ ।

कन्या– व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवं आर्थिक लाभ हुनेछ । तरल पदार्थ, होटल व्यवसाय एवं जडिबुटीको कारोबारमा आम्दानी राम्रो हुनेछ । साताको मध्यमा भने बढी खर्च हुने एवं अरुले धनको आश गर्नेछन् । लेनदेनमा विवाद आउनेछ । जग्गाजमीन एवं पैतृक सम्पत्तिमा विवादको योग बन्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवं मनोरञ्जनमा खर्च बढ्नेछ ।

तुला– राजनीति एवं सरकारी क्षेत्रमा राम्रो प्रगति हुनेछ । ठुलाबडाले साथ दिने एवं काम र प्रतिस्पर्धामा जस मिल्नेछ । साताको मध्यमा भने आम्दानीको स्तर बढ्ने, धनसम्पत्ति संकलन हुने एवं सवारी साधनको सुख मिल्नेछ । शिर दर्द एवं नाक, कान, घाँटीको समस्याले सताउनेछ । दाजुभाइको स्वास्थ्यमा सामान्य बाधा एवं धार्मिक यात्राको योग बन्नेछ ।

वृश्चिक– पुराना, अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पुरा हुनेछ । धर्म, कर्ममा रुचि एवं सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । रोजगारी एवं व्यवसायमा नयाँ प्रणालीबाट काम शुरु हुनेछ । आम्दानीको श्रोत खुल्ने एवं साथीभाइको सहयोगले आर्थिक क्षेत्र बलियो हुनेछ । गोडा, घुँडाको समस्या एवं आर्थिक लेनदेनमा विवाद आउन सक्नेछ ।

धनु– स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवं अपजसको सामाना गर्नुपर्नेछ । जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवं प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । साताको मध्यमा भने काममा प्रगति मिल्ने एवं भाग्यले साथ दिनेछ । साताको अन्त्यमा पदीय जिम्मेवारीको कारणले प्रशंसा मिल्ने एवं पदोन्नतीको सम्भावना देखिन्छ ।

मकर– मनोरञ्जनमा बढी मन जानेछ । प्रेममा प्रगति हुने एवं नयाँ मित्रता अगाडि बढ्नेछ । यात्राको सुख मिल्ने एवं वैवाहिक कुरामा प्रगति हुनेछ । साताको मध्यमा भने कठिनाइ झेल्नुपर्ने एवम अपमानको भय रहन्छ । विद्याध्ययनमा भने कमजोर योग देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवम सामाजिक एवम परोपकार काममा रुचि बढ्नेछ ।

कुम्भ– स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवम उपलब्धि मुलक काममा खर्च हुनेछ । खेलकुद एवं प्रतिस्पर्धामा जीत हासिल मिल्ने तथा सरकारी मुद्दा मामिला आफ्नो पक्षमा रहनेछ । साताको मध्यमा भने यात्राको मज्जा मिल्ने एवम प्रियजनसँग रमाइलो हुनेछ । शैक्षिक क्षेत्र एवं प्राविधिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सरकारी व्यक्तिले साथ दिनाले रोजगारीको बाटो मिल्नेछ । साताको अन्त्यमा भने, काम बिग्रिने एवं स्वास्थ्यमा समस्या आउनेछ ।

मीन– विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ । पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवं मातापितासँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने घरबाहिरको काममा रुचि हुने तथा स्वास्थ्यमा प्रगति हुनेछ । साताको अन्त्यमा भने रमाइलो यात्रा हुने एवं साथीभाइसँग रमाइलोमा खर्च हुनेछ । नयाँ मित्रता गाँसिने एवम नयाँ दोस्ती सुरुवात हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा/ सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी/ जनता समाचार बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर