एजेन्सी/ बेसार एक महत्वपूर्ण औषधि हो । यसको उपयोग घरको भान्छामा मात्र होइन, विभिन्न मांगलिक कार्यमा पनि गरिन्छ । तर, बेसारले हाम्रा निकै धेरै घरेलु उपचारमा पनि सहयोग गर्छ ।

यसका निकै धेरै फाइदा छन् ।

१) यदि कसैलाई लामो समयसम्म शरीर दुखिरहेको छ र शरीरको कुनै पनि भागमा चोट लागेको aछ भने उसलाई बेसार हालेको दुध खान दिनुपर्छ । यसले दुखाइलाई कम गर्न सहयोग गर्छ ।

२) मधुमेह वा डायबेटिज भएकाहरुका लागि बेसार निकै लाभकारी छ । यसका लागि एक चम्चा अमलाको रस, एक चम्चा बेसार मिलाएर पिउन सकिन्छ ।

३) बेसारलाई दुधसँग खाने हो भने यसले धेरै फाइदा गर्छ । घाँटी खसखसाउँदा, रुघा लाग्दा यसले निकै फाइदा पुग्छ । यतिमात्र होइन, बेसार, एलेभेरा र काँचो दुध मिलाएर बनाएको लेप अनुहारमा लगाउँदा पनि छालामा चमक आउँछ ।

४) बेसारको प्रयोगले हाम्रो शरीरको रगत पनि सफा हुन्छ ।

५) तर, बेसारले राम्रो गर्छ भन्दैमा यसको प्रयोग धेरै गर्नुहुँदैन । आर्युवेद विशेषज्ञहरुले बेसार ३ देखि ५ ग्राममात्र प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर