काठमाडौं । पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दिएको हो । जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्ने बारेमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो । पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय