दमक/अज्ञात समुहले झापा दमक १० स्थित रतुवा खालामा पूल निर्माणको प्रयोजनका लागि राखिएको स्काभेटरमा आगजनी गर्नुका साथै एउटा जेसीविमा तोडफोड गरेको छ । पूल निर्माणको काम गर्ने शर्मा एण्ड अनक जेभीले प्रयोग गर्ने गरेका ति निर्माण औजारहरुमा क्षति भएको हो ।

गएराती मध्यरातमा भएको सो घट्नाका संदिग्धहरु कोही पनि पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय दमकका डीएसपी विश्वराज पण्डीतका अनुसार ४/५ जनाको समहुले राती ति सामाग्रीको रेखदेखमा खटिएका एक जना कर्मचारीलाई धम्क्याएर हल्ला नगर्नु भन्ने चेतावनी दिदैं स्काभेटरमा आगो लगाएको थियो । लगत्तै सो समुहले त्यहाँँ रहेको अर्को जेसीविको सिसा समेत फुटाइदिएको छ । घट्नाका बारेमा थप अनुसन्धान भईरहेको डीएसपी पण्डीतले जानकारी दिनु भयो । ति कर्मचारीले सो समुहको त्रासका कारण तत्कालै घट्नाको प्रतिकार गर्न नसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कुन समुहले कुन उद्धेश्यका लागि सो घट्ना गराएको हो भन्ने बारेमा थप थाहा हुन सकेको छैन । त्यसैगरी दमक ३ बेलडाँगीस्थित जाल्पा मन्दिरमा गएरातीनै चोरी भएको छ । अज्ञात समुहले सो मन्दिरमा राखिएको दान पेटीका फोडेर त्यहाँ जम्मा भएको नगद चोरी गरेको दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिनु भयो । घट्नाका बिषयमा जानकारी आए लगत्तै प्रहरीले सो बारेमा पनि अनुसन्धान शुरु गरेको डीएसपी पण्डीतले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय