#
मुख्य खबर

उपसभामुखको डा. शिवमायाले राजीनामादिएको पत्रको व्यहोरा यस्तो छ, हेर्नुहोस पत्र सहित

  सवाल नेपाल   ६ माघ २०७६, सोमबार १५:२०

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । सोमवार प्रतिनिधि सभाको बैठकको शुरूमै सम्बोधन गर्दै उनले सभामुख निर्वाचनका लागि मार्गप्रशस्त गरेको बताएकी हुन् ।

सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वाभाविक महत्त्वाकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले बस्तुनिष्ठ मूल्यांकन गर्नेछ,’ उनले भनिन् । एउटा महिला, एकल अवस्थामा रहेको, जनजाति पृष्ठभूमिको व्यक्तिलाई उपसभामुख बन्न दिएकोमा धन्यवाद व्यक्त गरिन् । दोस्रो पटक बैठक शुभारम्भ गरेकी तुम्बाहाङ्फेले झण्डै ५ मिनेट भावुक सम्बोधन गरेर प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिन् ।

उनले पत्रकार सम्मेलन गरेर पनि आफूले उपसभामुख पदबाट राजीनामा दिएको जानकारी गराएकी छन् ।

यस्तो छ उनको राजीनामा पत्रको व्यहोरा :

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु