काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बुँदे आचारसंहिता जारी गरेको छ। आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी आचारसंहितामा कसैलाई तँ भन्न नपाइने उल्लेख छ।

आचारसंहिताको बुँदा नम्बर २ मा लेखिएको छ ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ।

त्यस्तै नेकपाका सदस्यहरुले अब जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्नेछ। श्रमिकले आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने आचारसंहितामा उल्लेख छ। त्यसोत नेकपाका सदस्यहरुले परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक पनि बस्नुपर्नेछ। बैठकमा सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्ने बताइएको छ। ‘परिवारका सबै सदस्यहरूबीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ’ जारी आचारसंहितामा भनिएको छ ‘कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ। बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ। परिवारमा गाली-गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ।’ अन्नपूर्ण पोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर