काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा मोदीले आफू यसै वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको जवाफ दिए ।

विराटनगरस्थित संयुक्त चेकपोष्ट आइसीपीको संयुक्त उद्घाटनपछि भिडियो कन्फरेन्समार्फत् सम्बोधनका क्रममा ओलीले मोदीलाई भने, ‘तपाईंलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै छिट्टै भेट्ने आशा राखेको छु ।’ जवाफमा मोदीले आफूलाई नेपाल र नेपालीको मायाले खिच्दै ल्याइरहेको र यसै वर्ष भ्रमणको कार्यक्रम बनाउने वचन दिए ।

ओलीले दुई देशबीच थाती रहेको मुद्दा सुल्झाउने बेला आएको बताए । उनले नेपाल भारत सम्बन्ध अमर रहोस् भन्दै भाषणको अन्त गरेका थिए । मोदीले फेरि भेटौंला भन्दै भाषणको अन्त गरे । शुरुमा नेपाली भाषामा ‘कस्तो छ ?’ भनेर शुरु गरेका उनले अन्तमा नेपाली भाषामै ‘फेरि भेटौंला’ भने ।

ओलीले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै अनेकौं धागोले सम्बन्ध जोडिएको बताए । भारतले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।रिपोर्टर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय