दमक/ झापाको शिबसताशी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा चढेको सवारी साधन दुर्घटना भएको छ । आज अपरान्ह दमकको रतुवा खोलामा अहिलेसम्म पहिचान खुल्न नसकेको सवारी साधनको ठक्करले शेर्मा सवार गाडिलाइ ठक्कर दिएको बताईएको छ ।

 

सेतो नम्बर प्लेटको नगरपालिकाको नै सवारी साधनमा शेर्मा सवार रहेका थिए । सवारी साधनमा ठुलो क्षति पुगे पनि मेयर शेर्मालाइ कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको र ठक्कर दिएको गाडिको खोजी कार्य तिब्र बनाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय