चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसले उक्त देशमा अहिलेसम्म ८० जनाको ज्यान लिइसकेको छ भने २८ सयजना संक्रमित बनेका छन् । चीनले यो भाइरस विश्वव्यापी रूपमा नफैलियोस् भन्ने सुनिश्चित गर्नका लागि आपतकालीन प्रक्रियाहरू चालेको छ ।

यो भाइरस कुनै पनि लक्षण नदेखाइकन सर्न सक्ने भएकाले पनि यसलाई थप फैलिन नदिनु चुनौतीपूर्ण रहेको चीनका स्वास्थ्य अधिकारीहरूले बताए । अर्थात् भाइरस संक्रमितहरूले आफूलाई भाइरस लागेको छ र अरूलाई सार्दैछु भन्ने थाहा हुँदैन ।

चीनभरि १५ वटा शहरमा पाँच करोड ७० लाख मानिसलाई पूर्ण वा आंशिक लकडाउनमा राखिएको छ ।

वुहानलाई पूर्ण क्वारेन्टाइन गरिएको छ । उक्त शहर जाने सबै बाटाहरू बन्द गरिएको छ वा उच्च नियमन गरिएको छ । शहरका अस्पतालका चिकित्सकको भार कम गर्न सरकारले थप १२ सय स्वास्थ्यकर्मीहरू पठाएको छ ।

वुहानका मेयर चो सियानवाङले थप एक हजारजनामा संक्रमण दखिनसक्ने बताए ।

चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा घर गएका आप्रवासी कामदारहरूका विषयमा चीन चिन्तित छ ।

अनि गाउँका मानिसलाई संक्रमणको रोकथाम गर्ने खासै अनुभव नभएकाले पनि चिन्ता बढेको छ ।

सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय