नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कार्यकक्षमा पुगेर सापकोटाले कार्यभार सम्हालेका हुन् ।

सपथग्रहण समारोहमा सहभागी हुँदा सापकोटाले दौरा सुरुवाल लगाएका थिए । नेकपाभित्र पूर्व माओवादी खेमाका धेरै नेताहरु ‘महेन्द्रवादी पोसाक’ भन्दै दौरा सुरुवाल लगाउन आनाकानी गर्छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म दौरा सुरुवाल लगाएका छैनन् । दुईपटक प्रधानमन्त्री बनेको समयमा उनले कोट पाइन्ट र भादगाउँले टोपी लगाएका थिए । उनी अहिले पनि धेरैजसो कार्यक्रममा टाई, कोट र टोपी लगाउने गर्छन् ।

माओवादी पृष्ठमूमिका पूर्वप्रधामनन्त्री डा. बाबुराम भट्टराईले पनि दौरा सुरुवाल लगाउने गरेका छैनन् । गतवर्ष पूर्व-पश्चिम यात्राका क्रममा कर्णालीमा पुगेर भट्टराईले दौरा सुरुवाल त लगाए तर यसलाई ‘खसको पोशाक’ नामाकरण गरे ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा भू-संरक्षणमन्त्री शक्ति बस्नेतले यदाकदा दौरा सुरुवाल लगाउने गरेको भएपनि सरकारमा सहभागी ऊर्जामन्त्री वर्षमान पुनले पनि दौरा सुरुवाल लगाउँदैनन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीको निर्देशनविपरित पूर्वमाओवादी कोटाका केही मन्त्रीले दौरा सुरुवाल लगाउन आनाकानी गरेका थिए ।

सोमवार सभामुखको सपथग्रहण कार्यक्रममा सापकोटाले सेतो दौरामाथि खैरो रंगको कोट र भादगाउँले कालो टोपी लगाएका थिए । यसअघि सार्वजनिक कार्यक्रममा सापकोटा दौरा सुरुवालमा देखिएका थिएनन् । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय