मानिसको सौन्र्दयको एक हिस्सा दाँतलाई मानिन्छ । मिलेका र सेता दाँत भएमा यसले स्वतः मानिसको ब्यक्तित्वलाई सकारात्मक प्रभाव पार्छ । तर आजकल गलत खानपान र गलत ब्यवहारका कारणले कतिपय मानिसको दाँत पहेँलो हुने, कालो कस बस्ने, कुहिने र दाँतमा पीडा हुने गर्दछ ।

जसको समयमा उपचार गराउनु आवश्यक हुन्छ । तथापी मानिसहरु दाँतमा आएको पिडालाई खासै महत्व दिदैनन् र हेलचेक्र्याइँ बेवास्ता गर्दछन् । यस्तोमा दातँ बिग्रने, झर्ने वा कुहिने सम्म हुन्छ ।

किन आउँछ दाँतमा समस्या:

१. सुर्तीजन्य पदार्थको सेवन
यदि कोहि ब्यक्ति लगातार सुर्तीजन्य पदार्थको सेवन गरीरहेको छ भने यसले गिजाँमा हानि पुर्याउनुका साथै दात कालो वा पहेलो हुने गर्दछ । त्यसैले चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थको प्रयोग त्याग्नु पर्छ ।

२. जंकफुड
बजारमा पाइने प्याकेट बन्द खानेकुरा वा कोल्ड ड्रिंकजस्ता पेयपदार्थले दाँतलाई हानी गर्दछ । यसले दाँतको इनामेलमा नोक्सान र्पुयाउँछ । धेरै गुलियो वा टासिने क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यस्तो चिज खाने बित्तिकै ब्रस गर्नुपर्छ ।

३. छिटो दाँत माझ्नु
प्राय मानिसहरु दाँतमा ब्रस गर्दा हतारहतार गर्ने गर्दछन् । तर हतारमा ब्रस गर्दा दाँतको इनामेल कमजोर हुनुका साथै दाँतको पुर्ण सफाई हुन पाउदैन । त्यसैले दिनको दुई पटक समय लगाएर ब्रस गर्ने बानि बसाउनुपर्छ ।

४. दाँत सफा गर्ने तरीका
दाँत बस्र गर्दा नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

५. एन्टिसेप्टिक माउथवास
ब्रस गरेपछि माउथवास गर्न जरुरी हुन्छ । दाँतको बीचमा अड्केको खाना निस्कन नपाउदाँ दाँत कुहिने, गिजाको संक्रमण हुने समस्या निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि वा मुखलाई किटाणु रहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु आवश्यक छ ।

६. नियमित परीक्षण
दाँतको सानो समस्या देखापरे तत्काल अन्यथा नियमित रुपमा दाँत परीक्षण गराउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय