काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघका दुई समूहबीच हात हालहाल भएको छ।

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दन काफ्ले निकट विद्यार्थीहरूले सोमबार केन्द्रीय कार्यालयमा पार्टी सभापति देउवाविरुद्ध नाराबाजी सुरु गरेपछि दुई पक्षबीच झडप भएको हो।

विधानविपरीत नेविसंघको कार्य समितिमा ३२ वर्ष माथिका व्यक्ति नेतृत्वमा ल्याउन लागिएको भन्दै काफ्ले निकट विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका थिए। सो अनशनमा उनीहरूले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए।

पार्टी सभापति विरुद्ध नाराबाजी सुरु भएको भन्दै अर्को पक्षका नेताहरूले नाराबाजी गर्दै अनसन सुरु गरेका विद्यार्थीमाथि आक्रमण सुरु गरेपछि स्थिति असामान्य बनेको थियो।

तस्विर स्राेतः बाह्रखरीअनलाइल

प्रतिक्रिया

सम्बन्धित खवर