काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २१४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको हो ।

कमजोर सुरुवात गरेको अमेरिकाले ५४ रनमा ४ विकेट गुमाएको अवस्थामा इआन होल्यान्ड र अक्ष होमराजको जोडीले उत्कृष्ट साझेदारी पारी खेलेका थिए । उनीहरुले ८२ रनको साझेदारी खेलेका थिए ।

अमेरिकाका इआन होल्यान्डले अर्धशतकसहित सर्वाधिक रन बनाए । उनले ७८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६५ रन बनाएका थिए ।

यस्तै, होमराजले ३ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए । मोनाङ्क पटेलले १९ रन, जेभियर मार्सलले १३ रन बनाए ।

अमरिकाविरुद्ध ओमानका मोहम्मद नादेमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जेसन मक्सुद र अक्विब इआसी र बिलाल खानले समान २–२ विकेट लिए । यस्तै, ओमानका कलिमउल्लाहले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर