आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपाली ब्याट्स्‌म्यानले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टाए ।

नेपाललाई जीत दिलाउन पारस खड्काले २० तथा दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपाली स्पिनहरूले १२ ओभरमा ३५ रनमा अलआउट गरे ।

अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन जोडे भने अन्य ब्याट्स्‌म्यानले दोहोरो अंक बनाउन सकेनन् । नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिए । यसैगरी सुसन भारीले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय