#
मुख्य खबर

दमकमा भेटेको रकम प्रहरीमा बुझाए

  सवाल नेपाल   १ फाल्गुन २०७६, बिहीबार १८:०४

झापाको दमक ६ स्थित फर्निचर लाईनको बाटोमा वेवारिसे अवस्थामा भेटेको रु १ लाख रुपैया नेपाली सेनाका एक सिपाहीले इमान्दारिता देखाउदै आज प्रहरीमा बुझाएका छन् ।

झापाको कमल गाँउपालिकास्थित नेपाली सेनाको २१ बाहिनीमा कार्यरत मेघ बहादुर अधिकारीले का.े २८ प. ९१४३ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्तिको गोजीवाट बाटोमा खसेको रु १ लाख रुपैया फिर्ताका लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाएका हुन् ।

मोटरसाईकलमा सवार व्यक्तिले गोजीमा राखेको रकम खसेपछि पछाडिबाट सूचना दिदाँ समेत थाहा नपाएपछि त्यो भेटिएको रकम सम्बन्धित व्यक्तिले प्राप्त गर्न सहज होस भनेर प्रहरी कार्यालयमा बुझाएको अधिकारीले वताए । रकम हराएको प्रमाण लिएर सम्बन्धित व्यक्तिले प्रहरी कार्यालयमा आएर रकम दावी गर्न डिएसपी विजय राज पण्डितले वताए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु