एजेन्सी, अधिकांश पुरुष यौन सम्पर्कपछि निदाउने गर्छन् । यही कारण कति महिलाले आफ्नो पार्टनर वा पतिलाई शंकाको दृष्टिले हेर्ने समेत गर्छन् । आफूलाई यौन साधनमात्रै मानेको वा आफ्नो पार्टनर कमजोर भएको भन्ने भ्रम उनीहरूमा पर्छ । तर मार्क लेनर र बिली गोल्डबर्गले आफ्नो किताव ‘यौन सम्पर्कपछि पुरुष किन निदाउँछन्?’ मा यसको कारण उल्लेख गरेका छन् ।

सामान्यतया यौन सम्पर्कपछि पुरुषलाई निन्द्रा लाग्छ तर महिला भने गफ गर्न मन पराउँछन् । यसका केही बायोलोजिकल वा जैविक कारण रहेको लेखकद्धयले बताएका छन् । पहिलो कारण भनेको प्रोलेक्टिन नामक पदार्थ हो । यो पदार्थ चरमोत्कर्ष (अर्गाजम) लगत्तै शरीरमा उत्पन्न हुने गर्छ । शरीरमा यसको मात्रा बढेपछि आनन्द र थकान महसुस हुने गर्छ । महिलाभन्दा पुरुष पहिला चरमोत्कर्षमा पुग्ने भएका कारण उनीहरू छिटो निदाउने गर्छन् ।

यस कितावमा अन्य कारण पनि दिइएको छ । यौन सम्पर्कका क्रममा ऊर्जा खपत हुने गर्छ । यसले गर्दा मांसपेशीमा इनर्जी उत्पादन गर्ने तत्व ग्लाइकोजनमा कमि आउँछ । र पुरुष निदाउँछन् ।यसबाहेक चरमोत्कर्षपछि अक्सिटोसिन, गेमा अमिनो व्युटिरिक एसिड र एन्डोर्फिनको प्रभावले हल्कापन महसुस हुने गर्छ र निन्द्रा लाग्छ ।

Dish_Home
यौन सम्पर्कपछि महिला किन निदाउँदैनन् ? भन्ने कारण पनि उक्त कितावमा उल्लेख गरिएको छ । लेखकद्धयले यसलाई आध्यात्मिक कोणबाट प्रष्ट पार्ने कोशिश गरेका छन् । उनीहरूका अनुसार पुरुषको चरमोत्कर्ष शरीर बाहिर हुने भएकाले ऊर्जाको हानि बढी हुन्छ । तर यसको ठीक विपरीत, महिलाको चरमोत्कर्ष भने शरीरभित्र हुने गर्छ । यस क्रममा महिलाको शरीरभित्र नै ऊर्जा विसर्जन हुने भएकाले ऊर्जाको हानि त्यति हुँदैन । फलस्वरुपः चरमोत्कर्षपछि महिला रोमांचित हुन्छन् र गफ गर्न मन पराउने गर्छन् ।

लेखकले यौन सम्पर्कपछि विपरीत दिशामा कोल्टे परेर निदाउन नहुने समेत सल्लाह दिएका छन् । यसको साटो आफ्नो पार्टनरलाई अंगालो मारेर सुत्न सल्लाह दिएका छन् । आलिंगनका कारण सामिप्यता र समर्पण दुबै बढ्ने उनीहरूको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय