#

कोरोनाको त्रास ,पशुपतिको आस


मानव तुलनात्मक आफैमा एक बिकशित प्राणी हो । विभिन्न समय,काल र परिस्थिति अनुसार मानिस विभिन्न रुपबाट थप बिकासित बन्दै गयो ।आवस्यकता र सामर्थ्य का आधारमा मानिसले गर्न बाँकी काम यो संसारमा सायदै होला ।
हरेक कुराहरुको बिकाश हुने क्रममा बिनासको समेत त्यत्तिकै सक्रियता रह्यो जुन बिकासले आंकलन मात्रै गरेको थियो ।
पछिल्लो समय बिस्वजगतमा एकखालको सन्त्रास फैलिएको छ ,जसको मुख्य कारण हो नोबेल कोरोना अर्थात COVID 19 नामाकरण गरिएको कोरोना भाईरस् ।

केहिसाता अघि मात्र चिनबाट फैलिएको उक्त भाईरस् पछिल्लो समय बिश्वजगतमा महामारीको रुप लिएको छ ।
कैयौँको संख्यामा ज्यान लिईसकेको उक्त भाईरसका कारण बिश्वजगत त्रसित देखिन्छ । चिनको उहान प्रान्त बाट फैलिएको उक्त भाईरसले सुरुवात कालमा चीन निकै आक्रान्त रह्यो ,अनौठो प्रजातिको रोग तथा असाधारण बिकाश देखेर देश दुनिया त्रसित बन्न पुग्यो ।

बिश्वका शक्तिसम्पन्न मुलुकहरुको अग्रपन्तिमा रहेको चिनले उक्त भाईरस बाट आफ्ना नागरिको संरक्षण गर्न अहोरात्र काम थाल्यो,रातारात आईसोलेशन वार्ड सहितका ब्यवस्थित अस्पतालहरुको निर्माण युद्धस्तरमा अघि बढायो ।
चिनमा रहेका अन्य मुलुकका नागरिकहरुको समेत आ-आफ्ना मुलुकले चासो र चिन्ता राखे । क्रमशः सबैले आफ्ना नागरिक स्वदेस फिर्ता लैजान सुरु समेत गरे । चाईनाबाट बोलाईएका/ फिर्ता लगिएका आफ्ना नागरिकहरुलाई सम्बन्धित देशले छुट्टै क्वारेन्टाइन स्थापना गरि १४ देखि १८ दिन सम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्यो र थुप्रैमा भाईरसको नेगेटिभ लक्षण देखिए पछि घर फर्किन दिईयो ।

तेतिबेलाको अवस्था सम्म आईपुग्दा बिस्वका सबैमुलुक अँझभनौ विश्व जगतमा त्राशपुण बाताबरण कायमै छ ,विभिन्न माध्यम द्वारा उक्त खतरनाक भाईरस हाल बिश्वका अमेरिका ,कोरिया, जापान,खाडी लगाएत अन्यमुलुकमा फैलिन भ्याईसकेको छ ।

चाईनाबाट फैलिएको उक्त भाईरसबाट जोगिन सबै मुलुकले आ- आफ्नो शक्ति र सामर्थ्य अनुसार जोगिने उपाय अपनाउन सुरु गरेका छन्। यति सम्मन की उत्तरकोरियाले आफ्ना कुनै नागरिकमा उक्त भाईरस देखिए तत्काल गोलिहानी हत्या गरिदिने Undefine समेतको निर्णय लियो ।
बिडम्बना उक्त भाईरसका कारण हालसम्म धेरैले ज्यान गुमाउन बाध्य बन्नु पर्यो,कतिपय अवस्थामा आफ्नै अचेतनाका कारण ।
एकिन कारण प्रष्ट भै- नसकेको उक्त खतरनाक भाईरसले ज्यानलिने क्रम पछिल्लो समय चिनमा ह्वात्तै घटेको पाईएको छ ।

बिश्वजगत भाईरसका कारण त्रसित भैरहँदा चिनको सिमा संङ्गै जोडिएर रहेका अन्य छिमेकि मुलुकहरूलाई समेत पिरोल्नु स्वभाविक थियो।
बिश्व स्वास्थ सङ्गठनले नोभेल कोरोना भाईरस अति उच्च जोखिम मुलुकहरुको सुचिमा नेपाललाई समेत सुचिकृत गरेक छ ।
यसैबिच भ्रमण बर्ष २०२० सुरु गरिएको नेपालमा जानस्तरबाटै सरकारको बिरोध हुनथाले पछि तत्कालका लागि उक्त कार्यक्रम स्थगन त गरियो तर चीन संङ्ग खुला सिमाना जोडिएको हाम्रो मुलुकमा उक्त भाईरसको सम्भावित जोखिम बाट सुरक्षित रहनको लागि खासै तत्परता गरेको भने देखिएको छैन, प्रदेशका केही स्थानमा सिमित हेल्प डेस्कको स्थापना बाहेक ।
चाईना बाट जति धेरै मात्रामा नेपाललाई जोखिम देखिन्छ त्यो भन्दा बढी खतरा भारतबाट रहन्छ ।
केहिदिन एता भारतमै मात्र पनि ४० भन्दा बढी संक्रमित भेटिएको खबर विभिन्न संचार माध्यमले जानकारी गराएका छन् ।

भारत संङ्गको खुला सिमाना र सहज आवत- जावतका हिसाबले उक्त भाईरस नेपाल भित्रिन बेर लाग्ने छैन तथापी आफ्ना नागरिक प्रती सदा उत्तरदायी रहने बताउँदै आएको नेपाल सरकारले भने हाम्रो मुलुक भन्दा धेरै सम्पन्न र सक्षम मुलुक चाईनाले समेत थेग्न नसकेको भाईरसको जोखिमलाई सरकारी तवरबाट खासै तदारुकता नदेखाईनुले आफ्ना नागरिक प्रतीको जिम्मेवारी बाट पन्छिन खोजेको हो या उत्तरदायी बाट बिमुख हुन खोजेको हो ? यदि तेसो हो भने आगामी दिनमा भाईरसबाट वच्न भगवान् पशुपतिनाथलाई पुकार्नु बाहेक जनताले के पो गर्न सक्लान र !

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु