सामान्यता बालबालिकामा ज्वरो र रुखाखोकी देखिनसाथ अभिभावक डराउन थालेकाछन् । कोरोना भाइरसको संक्रमणको त्रास जताततै रहेको छ । तर डराउनु पर्ने अवस्था नरहेको चिकित्सकहरुले बताएकाछन् ।पर्याप्त सावधानी र शतर्क रहन सुझाव रहेको छ ।

नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. अनिल थापाका अनुसार देश तथा विदेशबाट फोन गरेर धेरैले जिज्ञासा राख्दै आउनु भएको छ । उहाँले विदेशबाट आएकाहरुबाट टाढै रहने र उहाँहरुलाइ सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्ने नै सबैभन्दा बढि बुद्धिमानी हुन्छ ।

बालबालिकालाइ ज्वारो आएमा तथा निमोनिया भएमा बिशेष हेरचाह र समयमा औषधि सेवन गराउन पनि उहाँले सुझाव दिनु भयो । डराउनु र आतिनु भन्दा सावधानीका उपायहरु अपनाउनु सबैभन्दा राम्रो हो, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय