मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ।

भने हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेकोछ भने मध्य र पश्चिम का पहाडी भेगमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशको पश्चिमि भू–भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय