#
मुख्य खबर

कोरोना संक्रमित भेटिएको छ, सबै सावधान रहौंः स्वास्थ्य मन्त्री

    १० चैत्र २०७६, सोमबार १९:१२

१० चैत्र, काठमाडौं । नेपालमा नोबेल कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित विमारी फेला परेको स्वास्थ्य मन्त्रालयले जानाएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् । संक्रमित व्यक्ति अध्ययनको शिलशीलामा फ्रान्स गएर हालैमात्रै काठमाडौं आएकी १९ बर्षिया युवती छन् । फ्रान्सबाट फर्केर होम आइसुलेसनमा रहेकी उनलाई उपचारको क्रममा आवश्यक इन्भेस्टिगेशन हुँदा उनमा कोरोना भाईरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । संक्रमित युवतीको बाँकी परिचय गोप्य राखिएको छ । युवतीलाई आइतवार साँझबाट नै क्वारेन्टायनमा पठाइएको छ भने उनका परिवारलाई पनि आसोलेसनमा राखिएको बताइएको छ ।

स्वास्थ्य मन्त्रीका अनुसार यस अघि पनि एक जनामा यो संक्रमण देखिएको र हप्तादिनमा नेगेटिभ आएको थियो । जसरी पहिला पनि एक जनामा देखिएको संक्रमण एक हप्तामा ठिक भयो, अहिले देखिएको पनि चाँडैनै ठिक हुन्छ भन्ने आशा गरौं मन्त्री ढकालले भने । अबको समयमा अझै बढी लकडाउनको साथ रहौं । बढीभन्दा बढी जनचेतना फैलाउन र हरप्रकारको सावधानी अप्नाउन मन्त्रीले पत्रकार सम्मेलनको क्रममा सबैसँग अनुरोध गरे ।

स्वास्थ्य मन्त्रालयको यो पत्रकारसम्मेलनसँगै नेपालमा कोरोना भाइरसका संक्रमित भएको आशंकामा सरकारले सत्यतथ्य लुकायो भन्ने आरोप खेप्नपरिरहेको सरकारलाई सफाई मिलेको छ । रुपन्देहीको एक किशोरमा पनि कोरोनाको आशंका भएको तर सम्बन्धित अस्पतालहरुले निकै नेक्लिजेन्स गरेको भन्ने समाचारहरु पनि आइरहेको छ ।

संक्रमणको आधिकारिक पुष्टि नहुञ्जेल पनि संत्रासमा रहेका जनतालाई अझै बढी भय बढेको छ । यस्तो अवस्थामा कोरोनाको प्रतिकार गर्न सबै तिरबाट सबै प्रकारका उपायहरु सबै नागरिकबाट र सबै संघसंस्था एवं निकायहरुबाट गर्न गराउन विशेष जरुरी देखिएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु