#

भोलिदेखि सिङ्गो देश ‘लकडाउन’, सरकारले गर्‍यो यस्ता सात निर्णय (निर्णयसहित)


काठमाडौं, १० चैत । नेपालमा कोरोना भाइरसको संक्रमित बिरामी भेटिएपछि थप संक्रमण फैलिन नदिन सरकार थप कडा बनेको छ ।

फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भेटिएपछि थप सतर्कता अपनाउँदै भोलि (मंगलबार) देखि पूरै देश ‘लक डाउन’ गर्ने सरकारले निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

यस बाहेक नेपाल र चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाहरुले कोरोना संक्रमण भित्रिन नदिन निषेधाज्ञा, सीमा नाका बन्द र ‘लकडाउन’ को निर्णय गरेका छन् । नयाँ पेज बाट साभार

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु