#
अर्थ/बजार

अब आधा सिलिण्डर ग्याँस मात्र किन्न पाइने

    १३ चैत्र २०७६, बिहीबार १५:३६

काठमाण्डौ – नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्याँस उद्योगीलाई निर्देशन दिएको छ ।

यसअघि एक सिलिण्डरमा १२ किलो २ सय ग्राम किलो ग्याँस हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ । माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्याँस मात्रै बेच्ने निर्णय भएको निगमले जनाएको छ ।

यसअघि भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणको त्राससँगै देशभर ग्याँसको माग बढिरहेको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइएको निगमले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु